अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिका – २ मा गहुँ थ्रेसिङको दर रेट तोकिएको छ । गहुँ थ्रेसर गर्ने ट्याक्टर व्यवसायीहरुले मनोमानी रकम असुल्ने गरेको भन्दै निश्चित दर रेट तोकिएको हो ।

जसअनुसार वडामा प्रतिघण्टा थ्रेसिङ गरेको २ हजार र प्रति क्विन्टलका दरले थ्रेसिङ गरेमा ४५० रुपैयाँ तोकिएको छ ।

वडा अध्यक्ष अर्जुन सिह साउँदले थ्रेसर गर्ने ट्याक्टर व्यवसायीहरुले गहुँ थ्रेसर गरेबाफत मनोमानी ढंगले किसानबाट रकम असुलेको गुनासो आएपछि मुल्य निर्धारण गरिएको बताए ।
















