खाेज्नुहाेस

बैतडीका स्थानीय तहहरूलाई शिक्षकको दलगत गतिविधि निगरानी गर्न पत्र

Image

बैतडी – बैतडीमा शिक्षक राजनीतिक दलको गतिविधिमा संलग्न भएको सामाचार बाहिरिएपछि निगरानी गर्न शिक्षा विकास तथा समन्वय एकाइ, बैतडीले स्थानीय तहलाई पत्राचार गरेको छ ।

एकाइले जिल्लाका १० वटै स्थानीय तहलाई पत्राचार गर्दै सामाजिक सञ्जालमा सार्वजनिक भएका समाचार तथा सूचनाअनुसार केही विद्यालयका शिक्षकहरू विभिन्न राजनीतिक दलका कार्यक्रममा सहभागी भएको पाइएको जनाएको छ ।

attariya hospital
navjiwan hospital

पत्रमार्फत स्थानीय तहअन्तर्गतका विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका विभिन्न कार्यक्रममा सहभागी भए÷नभएको सम्बन्धमा गहन निगरानी गर्न अनुरोध गरिएको छ ।

त्यसैगरी, प्रचलित शिक्षा ऐन तथा नियमावलीले निर्धारण गरेको शिक्षक आचरण र मापदण्ड तथा नेपाल सरकारका पछिल्ला निर्देशनविपरीत कुनै शिक्षकका गतिविधि पाइएमा प्रचलित कानूनबमोजिम आवश्यक कारबाही गर्नसमेत एकाइले स्थानीय तहहरूलाई आग्रह गरेको छ ।

असोज ४ गते पाटन नगरपालिका–१ सकारमा भएको नेपाली कांगे्रसको वडा अधिवेशनमा शिक्षक सहभागी भएको फोटो सार्वजनिक भएको थियो ।