खाेज्नुहाेस

गोदावरीमा भ्यानले ठक्कर दिदा २ मोटरसाइकल दुर्घटना, ३ जना घाइते

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडामा भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका छन्।

मंगलबार  पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा २१ च २४२२ नम्बरको भ्यानले ओभरटेक गर्ने क्रममा कञ्चनपुरबाट अत्तरिया आउँदै गरेको से.प.प्र.०१–०१३ प ८१९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
भ्यानको ठक्करपछि अनियन्त्रित भएको उक्त मोटरसाइकल अत्तरियाबाट कञ्चनपुरतर्फ जाँदै गरेको से.६ प ६०८१ नम्बरको अर्को मोटरसाइकलसँग ठोक्किएको प्रहरीले जनाएको छ।

attariya hospital
navjiwan hospital

दुर्घटनामा से.प.प्र.०१–०१३ प ८१९८ नम्बरको मोटरसाइकल चालक कञ्चनपुरको बेलडाँडी गाउँपालिका–१ का २० वर्षीय लोकेन्द्र साउँद, सोही मोटरसाइकलमा पछाडि सवार बेलडाँडी–१ का करिब २३ वर्षीय विनोद बडुवाल घाइते भएका छ्न

यस्तै, अर्को मोटरसाइकलका चालक कृष्णपुर नगरपालिका–५ का करिब २५ वर्षीय होमिन चौधरी पनि घाइते भएको प्रहरीले जनाएको छ।

तीनै घाइतेको अत्तरिया अस्पताल उपचार भैइरहेको छ ।

दुर्घटना पछि भ्यान फरार भएको थियो । उक्त भ्यान नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।