खाेज्नुहाेस

युवतीमाथि बलात्कार गर्न खोजेको आरोपमा दुर्गालक्ष्मी क्याम्पसका लेखापाल पक्राउ

Image

अत्तरिया –  कैलालीको अत्तरियामा रहेकाे  दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका लेखापाल युवतीमाथि बलात्कार गर्न खोजेको आरोपमा पक्राउ परेका छन ।

navjiwan hospital

कात्तिक ११ गते दिउँसो क्याम्पसमै १८ वर्षीया युवतीमाथि जबरजस्तीकरणी गर्न खाेजेकाे आरोपमा लेखापाल गोदावरी नगरपालिका–७ निवासी ३८ वर्षीय सिद्धराज भट्ट पक्राउ परेका हुन ।

attariya hospital

उनीमाथी युवतीको संवेदनशील अंगमा समात्दै दुर्व्यवहार गरेको आरोप लागेकाे छ । पीडित युवतीले दिएकाे जाहेरीकाे अधारमा पक्राउ परेका भट्टलाइ नियन्त्रणामा लिएर अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।