खाेज्नुहाेस

बाजुरामा बाघको आक्रमणबाट दुई महिला घाइते

Image

बाजुरा– बाजुरामा बाघको आक्रमणबाट दुई महिला घाइते भएका छन् । बुढीगङ्गा नगरपालिका–१० सिगाडाका ५५ वर्षीया खन्टी साउँद र ३५ वर्षीया वसु साउँद बाघको आक्रमणमा परी घाइते भएका हुन् ।

navjiwan hospital

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता गगनसिंह भाटका अनुसार बिहिबार बिहान करिब ९ बजे स्थानीय घोडा धपाउनेस्थित घाँसे मेलामा घाँस काटिरहेका बेला दुवै महिलामाथि बाघले आक्रमण गरेको थियो ।

attariya hospital

आक्रमणबाट उनीहरूको हात र खुट्टामा चोट लागेको छ । घाइते दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घटनापछि प्रहरी र स्थानीयवासीको सहयोगमा उनीहरूको उद्धार गरी उपचारका लागि अछामस्थित बयलपाटा प्रादेशिक अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।