अत्तरिया – बाजुरामा एक वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा बुढीनन्दा नगरपालिका–७ निवासी ३२ वर्षीय प्रकाश लोवार रहेका छन्।

जिल्ला अदालत बाजुराको २०७८ चैत १ गतेको फैसलाले गर्भ संरक्षण मुद्दामा लोवारलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको थियो।

फैसला कार्यान्वयन गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार दिउँसो बडिमालिका नगरपालिका–९ मार्तडी बजारबाट पक्राउ गरेको हो।
पक्राउ परेका लोवारलाई फैसला कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।


















