खाेज्नुहाेस

गोदावरी– ४ मा विपद् पूर्व सूचना सम्बन्धी जनचेतनामुलक र्‍याली निकालियो

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– ४ मा पूर्व सूचना सम्बन्धी जनचेतनामुलक र्‍याली निकालिएको छ । मंगलबार विभिन्न संघसंस्थाहरुको सहयोगमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलाली ले विपद्का समयमा पूर्व सूचना सम्बन्धी जनचेतनामुलक र्‍याली निकालेको हो ।

navjiwan hospital

जिविकोपार्जन र जैविक विविधताको लागि समुदाय सशक्तिकरण कार्यक्रम (इकोल्याब) कार्यक्रम अन्तरगत रहेर सो र्‍याली निकालिएको रेडक्रसले जनाएको छ । ‘विपद् आउनु अघि चेतना जगाऔँ, सुरक्षित समाज बनाऔँ’ भन्ने मुल नारा लिएर आयोजना गरिएको र्‍यालीमा मौषमजन्य विपद्का कारण आउने विपद्को बारेमा पूर्व सूचना आवश्यक हुने र पूर्व सूचनाका आधारमा आफू सुरक्षित रहनुपर्ने विषयमा जानकारी दिइएको थियो ।

attariya hospital

र्‍यालीमा सूचना सुनौ जोखिम घटाऔँ, विपद् आउनुअघि सचेत बनौँ, विपद्लाई घटाऔँ सुरक्षित रहौँ, पूर्व सूचना सबैको अधिकार, सूचना सुन्ने बानी बसालौँ लगायतका नाराहरु लगाईएको थियो । त्यसबाहेक यही असोज ८ देखी १२ गतेसम्म भारी वर्षा हुने अनुमान गरिएको विषयमा पनि र्‍याली मार्फत अग्रिम जानकारी दिईएको थियो । सो वर्षाको समयमा विभिन्न विपद्हरु आउनसक्ने भएकाले अग्रिम सतर्कता अपनाउन पनि आग्रह गरिएको थियो ।