खाेज्नुहाेस

सुदूरपश्चिमका सामाजिक र भौतिक पुर्वाधार मन्त्रालयमा खटाइए सचिव

Image

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले बजेटको मुखमा सरुवा भएका दुईटा मन्त्रालयमा सचिवहरु खटाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयमा सचिव खटाएको हो ।

navjiwan hospital

मन्त्रिपरिषद्को बैठकले सामाजिक विकास मन्त्रालयको सचिवमा संगीता ओझा र भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिवमा पदमराज देवकोटालाई खटाएको छ ।

attariya hospital

मन्त्रालयहरूमा सचिवको पद रिक्त हुँदा बजेट निर्माणलगायत मन्त्रालयका नियमित काम प्रभावित हुँदै आएको थियो । सचिव पदपूर्तिसँगै बजेट निर्माण प्रक्रिया अघि बढने र कामकाज गर्न सहज हुने अपेक्षा गरिएको छ ।

यसअघि सुदूरपश्चिम प्रदेश सरकारको प्रमुख सचिवमा सरुवा भएका उत्तमकुमार खत्री सोमबार प्रदेशमा उपस्थित भइसकेका छन । प्रमुख सचिवको उपस्थितिसँगै मन्त्रालयहरूमा सचिवको पदस्थापनसमेत भएपछि प्रदेश सरकारको बजेट निर्माण तथा कार्यसम्पादनले थप गति लिने अपेक्षा गरिएको छ ।