टीकापुर – कैलालीको टीकापुरमा एक युवकमाथि खुँडा प्रहार भएको छ । टीकापुर नगरपालिका–७ बेलुवाको एक होटलमा सोमबार राति घोडाघोडी नगरपालिका–९ बस्ने १८ वर्षीय विमल साउदमाथि खुँडा प्रहार भएको हो ।

प्रहरीका अनुसार साउदलाई मोटरसाइकलमा आएको समूहले खुँडा प्रहार गरेको हो । खुँडा प्रहारबाट घाइते भएका साउदको दाहिने हात र खुट्टामा चोट लागेको छ । उनलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

खुँडा प्रहार गर्ने व्यक्तिहरूको पहिचान भने खुल्न बाँकी छ । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
















