अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– १० मा रहेको जानकी माध्यमिक विद्यालयमा वृक्षारोपण गरिएको छ । मंगलबार विद्यालयले एक कार्यक्रमको आयोजना गरी विद्यालय क्षेत्रमा करिब २०० वटा विरुवा रोपेको हो ।

वडाध्यक्ष रविन्द्र शाही (गुड्डु) ले विरुवा रोपेर कार्यक्रमको सुरुवात गरेका हुन । कार्यक्रममा वडाध्यक्ष शाही सहित वडासदस्य, शिक्षक, विद्यार्थी तथा स्थानिय अभिभावकहरुको सहभागिता रहेको थियो ।


विद्यालयका प्रधानाध्यापक राम बहादुर पार्कीले विद्यालयमा विभिन्न प्रकारका २०० बढी विरुवाहरु रोपिएको बताए । उनले प्रथम त्रैमासिक परिक्षाको नतिजा प्रकाशनका अवसरमा वृक्षारोपण कार्यक्रमको पनि आयोजना गरिएको बताए । त्रैमासिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको उनले बताए ।

















