अत्तरिया – कैलालीमा दुई जना पुरुष छुट्टाछुट्टै स्थानमा मृत अवस्थामा फेला परेका छन्।

लम्कीचुहा नगरपालिका–४ गिधिनिया बस्ने ४० वर्षीय अबिराम जैशी सोही ठाउँस्थित बलिया चोक जोड्ने कच्ची सडकखण्डमा मंगलबार दिउँसो मृत अवस्थामा फेला परेका हुन्।

त्यस्तै, गौरीगंगा नगरपालिका–८ लिक्मा बस्ने ५४ वर्षीय दुर्गा प्रसाद आचार्य आफ्नै घर नजिकै बाटो छेउको धान खेतमा मंगलबार दिउँसो मृत अवस्थामा फेला परेका छन्।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

















