अत्तरिया- कैलालीको गोदावरी नगरपालिका- १० स्थित जानकी माध्यमिक विद्यालयका शिक्षक कृष्ण बि.क. सम्मानित भएका छन । नगरपालिकाले कक्षा ८ को गणित विषयमा सामुदायिक विद्यालयतर्फ नगरमै उत्कृष्ट नतिजा हासिल गराउन सफल भएको भन्दै शिक्षक कृष्ण बि.क लाई सम्मानित गरेको हो ।

शैक्षिक सत्र २०८२ अन्तर्गत कक्षा ८ को गणित विषयमा सामुदायिक विद्यालयतर्फ उत्कृष्ट अंक ल्याउन सफल भएकाले बि.क. लाई सम्मानित गरिएको नगरपालिकाले जनाएको छ ।

शिक्षक बि.क.ले निरन्तर मेहनत, इमानदारी र कर्तव्यनिष्ठाका साथ शिक्षण कार्यमा पुर्याएको योगदानको विद्यालय परिवारले पनि प्रशंसा गरेको छ । उनको उपलब्धिले विद्यालयको शैक्षिक प्रतिष्ठा बढाउन समेत महत्वपूर्ण योगदान पुगेको विद्यालय परिवारको भनाइ छ।
विद्यालय परिवारले शिक्षक विकलाई बधाई तथा शुभकामना दिँदै उनको सफलता अन्य शिक्षक तथा विद्यार्थीका लागि समेत प्रेरणादायी बनेको जनाएको छ।


















