धनगढी – कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएका २ लाख ६५ हजार ९ सय ४० रुपैयाँ बराबरका सामान बरामद गरेको छ।

कैलालीका विभिन्न स्थानबाट सोमबार प्रहरीले ६० हजार ३ सय रुपैयाँ बराबरको सुर्ती, प्लास्टिक झिल्ली लगायतका सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

त्यस्तै, कञ्चनपुरका विभिन्न स्थानबाट २ लाख ५ हजार ६ सय ४० रुपैयाँ बराबरका खेलौना, भाँडावर्तन, विभिन्न किसिमका कपडा, कस्मेटिक तथा किराना सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
दुवै जिल्लामा जिल्ला प्रहरी कार्यालय मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा सामान फेला पारेको हो। बरामद सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।













