खाेज्नुहाेस

रेशम चौधरीलाई राष्ट्रपतिले दिएको माफीमिनाहा सर्वोच्चद्वारा सदर

Image

काठमाडौं– सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशमलाल चौधरीलाई राष्ट्रपति रामचन्द्र पौडेलले दिएको माफीमिनाहा सदर गरेको छ ।

navjiwan hospital

न्यायाधीशद्वय शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले चौधरीलाई दिइएको माफीमिनाहाविरुद्ध परेको रिट निवेदन खारेज गरेको हो ।
यससँगै गणतन्त्र दिवस २०८० का अवसरमा राष्ट्रपति पौडेलबाट चौधरीलाई दिइएको बाँकी कैद मिनाहा गर्ने निर्णयको संवैधानिक तथा कानुनी वैधतामाथि परेको चुनौती सर्वोच्च अदालतबाट टुंगिएको छ ।

attariya hospital

चौधरीलाई सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले २०८० जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा माफी दिएका थिए । राष्ट्रपति कार्यालयले त्यतिबेला संविधानको धारा २७६ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम माफी दिइएको जनाएको थियो ।