अत्तरिया – कैलालीमा भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका २ लाख २९ हजार रुपैयाँभन्दा बढी मूल्यका सामान बरामद गरिएको छ ।

जिल्लाका विभिन्न स्थानबाट मंगलबार प्रहरीले अन्दाजी २ लाख २९ हजार ४ सय रुपैयाँ बराबरका सामान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा बिडी, सुर्ती, धोती, ब्लाउज, सुटपिस, साडीलगायतका सामान फेला पारेको जनाएको छ ।
बरामद गरिएका सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



















