खाेज्नुहाेस

कञ्चनपुरमा ५५० मिलिग्राम खैरो हेरोइनसहित १९ वर्षीय युवक पक्राउ

Image

अत्तरिया –  कञ्चनपुरमा खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।

navjiwan hospital

भीमदत्त नगरपालिका–२ उल्टाखामबाट ५५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थसहित स्थानीय १९ वर्षीय लक्ष्मण कपाडी पक्राउ परेका हुन् ।

attariya hospital

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी बागफाँटाबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार दिउँसो शंका लागि चेकजाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला पारेको थियो ।

पक्राउ परेका कपाडीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।