
कञ्चनपुर – कञ्चनपुरमा छाडा गोरुसँग मोटरसाइकल ठोक्किँदा चालक घाइते भएका छन् ।
गएराति करिब ११ बजेको समयमा कृष्णपुर नगरपालिका–२ स्थित बंक चोकमा सुदूरपश्चिम प्रदेश ०१–०१० प ३३६३ नम्बरको मोटरसाइकल छाडा गोरुसँग ठोक्किएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक शुक्लाफाँटा नगरपालिका–७ निवासी ३५ वर्षीय दीपकराज भट्ट घाइते भएका छन् । दुर्घटनामा गोरुको घटनास्थलमै मृत्यु भएको छ ।
घाइते भट्टको वाणी अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।





















