बैतडी– बैतडीका दुई पालिकाले मंगलबार स्थानिय सार्वजनिक बिदा दिएका छन् । जिल्लाका दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिकाले मंगलबार स्थानीय सार्वजनिक बिदा दिएका हुन् । दुवै स्थानीय तहले छुट्टाछुट्टै सूचना जारी गर्दै विभिन्न मन्दिरमा लाग्ने जात्राको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएका छन् ।

दशरथचन्द नगरपालिका–४ गढीस्थित जगन्नाथ मन्दिर र वडा नं. ११ सीमस्थित केदार मन्दिरमा लाग्ने जात्रामा स्थानीयको सहभागितालाई सहज बनाउन बिदा दिइएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै, सुर्नया गाउँपालिका–५ स्थित फाल्ङाशैनी भगवती मन्दिरमा लाग्ने जात्राको अवसरमा पनि सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको छ । दुवै पालिकाले मंगलबार पालिकाअन्तर्गतका सरकारी कार्यालय, गैरसरकारी संघसंस्था तथा शिक्षण संस्थाहरू बन्द रहने जानकारी दिएका छन् ।



















