धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानले दिएको अधिकार क्षेत्रभित्र रहेर प्रदेश सरकारले आवश्यक ऐन तथा कानुन निर्माण गरिरहेको बताएका छन् ।

संघीय संसद् राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले आयोजना गरेको तीन तहका सरकारका ऐन कार्यान्वयनसम्बन्धी छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले प्रदेशमा हालसम्म ६३ वटा ऐन निर्माण भइसकेको जानकारी दिए । बाँकी आवश्यक कानुन निर्माणको प्रक्रिया पनि अघि बढिरहेको उनले बताए ।

प्रदेश सरकार संघीय र स्थानीय तहसँग समन्वय तथा सहकार्य गर्दै अघि बढिरहेको उल्लेख गर्दै उनले तीनै तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वको भावनाअनुसार काम गर्नुपर्नेमा जोड दिए ।




















