खाेज्नुहाेस

बझाङमा खर भित्र लुकाइएको भरुवा बन्दुक सहित एक जना पक्राउ

Image
file photo

बझाङ – बझाङमा प्रहरीले एकनाले भरुवा बन्दुक सहित एक जना जनालाई पक्राउ गरेको छ ।

navjiwan hospital

केदारस्युँ गाउँपालिका–७ काँडाचौर निवासी ५८ वर्षीय बहादुर धामीलाई खरको कुन्युमा लुकाएर राखिएको भरुवा बन्दुक सहित पक्राउ गरिएको हो ।

attariya hospital

मंगलबार राती अस्थायी प्रहरी पोस्ट बिजगडाबाट प्रहरी सहायक निरीक्षक मिनबहादुर चन्दको कमाण्डमा खटिएको टोलीले धामीको घर तथा आसपासको क्षेत्रमा खानतलासी गर्दा घरबाट करिब ५० मिटर टाढा खरको कुन्युमा लुकाएर राखिएको एक थान एकनाले भरुवा बन्दुक फेला पारेको थियो ।

प्रहरीले धामी र बरामद बन्दुकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बझाङमा पुर्‍याएको जनाएको छ।