खाेज्नुहाेस

इंग्ल्याण्डका तीब्र गतिका बलर एन्डरसनले लिए क्रिकेटबाट सन्यास

Image

लर्ड्स । इंग्ल्याण्डका तीव्र गतिका बलर जेम्स एन्डरसनले ४१ वर्षको उमेरमा क्रिकेटबाट सन्यास लिएका छन । सन् २००२ मा २० वर्षको उमेरमा एन्डरसनले अन्तर्राष्ट्रिय क्रिकेट सुरु गरेका थिए । टेस्टमा ७०४ विकेट, एकदिवसीयमा २६९ र टी–२० मा १८ गरी उनले करियरमा कुल ९९१ विकेट लिए। २१ वर्षसम्म इङ्ल्यान्ड टोलीको पेस बलिङको नेतृत्व गरेका उनले लर्ड्समा अन्तिम टेस्ट खेलेका हुन् ।

खेल जितेपछि उनी बालकनीमा आए, मैदानमा जम्मा भएका सयौँ फ्यानलाई सम्बोधन गर्दै उनले भने, ‘इङ्ल्यान्डका लागि क्रिकेट खेल्नु संसारकै उत्कृष्ट काम हो ।’ र त्यसपछि अलबिदा भने । खेलपछि सम्पूर्ण टोली र पूर्व कप्तान नासिर हुसेन लर्ड्सको ड्रेसिङ रुममा उपस्थित थिए । हुसैनले एन्डरसनलाई भने, ‘तपाईंले इङ्ल्यान्डका लागि जे गर्नुभयो त्यो उत्कृष्ट थियो। सबै कुराका लागि धन्यवाद ।

attariya hospital

एन्डरसनले आफ्नो एकदिवसीय करियर २००२ मा अस्ट्रेलिया विरुद्ध सुरु गरे र अन्तिम खेल सन् २०१५ मा अफगानिस्तानविरुद्ध खेले। उनले सन् २००३ मा जिम्बाब्वेविरुद्ध आफ्नो टेस्ट करियर सुरु गरेका थिए । शुक्रबार वेस्ट इन्डिज विरुद्ध आफ्नो अन्तिम खेल खेले । त्यस्तै उनको टी–२० करियर को सुरुवात सन् २००७ मा अस्ट्रेलियासँग भएको थियो भने अन्तिम खेल सन् २००९ मा दक्षिण अफ्रिकासँग खेलेका थिए ।

जेम्स एन्डरसनले आफ्नो पहिलो बल १५ डिसेम्बर २००२ मा २० वर्षको उमेरमा गरेका थिए। यो खेल अस्ट्रेलियाको मेलबर्नमा भएको थियो । यस खेलमा एन्डरसनले ६ ओभरमा ४६ रन दिएर १ विकेट लिए । उनले अस्ट्रेलियाका लेजेन्ड एडम गिलक्रिस्टलाई आउट गरेका थिए । एन्डरसनले एकदिवसीय डेब्यू गरेको एक वर्षपछि टेस्ट डेब्यू गरेका थिए। जिम्बावेविरुद्धको खेलमा एन्डरसनले ५ विकेट लिएका थिए । यो खेल इंग्ल्याण्डको लर्ड्समा भएको थियो । एन्डरसनले सन् २००७ मा अस्ट्रेलियाविरुद्ध टी–२० डेब्यु गरेका थिए । यो खेल अस्ट्रेलियाको सिड्नीमा भएको थियो । यो खेलमा एन्डरसनले १ विकेट लिए । उनले म्याथ्यु हेडनलाई आउट गरेका थिए ।

navjiwan hospital

जेम्स एन्डरसनको करियर

सचिन तेन्दुलकरको २०० टेस्ट खेलपछि सबैभन्दा धेरै खेल खेल्ने जेम्स एन्डरसनले यस वर्षको सुरुमा भारत भ्रमणमा आफ्नो ७०० टेस्ट विकेट पूरा गरेका थिए । एन्डरसनले सन् २००३ मा जिम्बाब्वेविरुद्ध लर्ड्स मैदानमा टेस्ट डेब्यू गरेयता उनले १८८ टेस्ट खेलमा इंग्ल्याण्डको प्रतिनिधित्व गरेका छन् । यस अवधिमा उनले ३५० इनिङ्समा २६.५३ को औसत र २.७९ को इकोनोमीमा ७०४ विकेट लिएका छन् ।

जेम्स एन्डरसन टेस्टमा ४० हजार बल बल गर्ने पहिलो फास्ट बलर पनि बनेका छन् । उनले १७८ खेलमा यो उपलब्धि हासिल गरेका हुन् । उनका सहकर्मी स्टुअर्ट ब्रोड दोस्रो स्थानमा छन्, उनले १६७ टेस्ट खेलमा ३३ हजार ६९८ बल गरेका छन् । टेस्टमा सर्वाधिक विकेट लिनेमा एन्डरसन तेस्रो स्थानमा छन् । उनले १८८ टेस्ट म्याचको ३५० इनिङ्समा २६.५३ को औसत र २.७९ को इकोनोमीमा ७०४ विकेट लिएका छन्।

टेस्ट क्रिकेटमा उनले ३२ पटक ५ विकेट र ३ पटक १० विकेट लिएका छन् । टेस्ट क्रिकेटमा सबैभन्दा बढी विकेट लिनेमा एन्डरसन श्रीलंकाका मुथैया मुरलीधरन (८००) र अस्ट्रेलियाका शेन वार्न (७०८) पछि तेस्रो स्थानमा छन् । फास्ट बलरको हिसाबले उनी पहिलो नम्बरमा छन् ।
इङ्ल्यान्डका फास्ट बलर जेम्स एन्डरसनले आफ्नो टेस्ट करियरको अन्तिम खेल लर्ड्समा खेले ।

उनले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय क्रिकेट खेल्नुभन्दा दुई दिनअघि सोमबार पत्रकार सम्मेलनमा भनेका थिए, ‘पछिल्ला केही दिनदेखि मेरो प्रशिक्षण राम्रो भइरहेको छ । म खेलको बारेमा धेरै सोच्दिनँ । मेरो लागि राम्रो बलिङ गर्नु र टोलीलाई जित दिलाउन ठूलो कुरा हुनेछ । मेरो सम्पूर्ण ध्यान यसैमा छ । म पक्का छु कि खेल पछि भावनाहरू परिवर्तन हुनेछन् । त्यसैले मेरो ध्यान आफैलाई रुनबाट रोक्नमा हुनेछ ।’

उनले थप भने, ‘म अहिले पनि पहिले जस्तै फिट महसुस गर्छु, पहिले जस्तै बलिङ गर्दैछु । अझै पनि राम्रो प्रदर्शन गर्न सक्छु भन्ने मलाई लाग्छ । तर एकै समयमा म बुझ्छु कि यो एक न एक दिन समाप्त हुनेछ । अब यो स्विकार्नुपर्ने कुरा हो ।’