खाेज्नुहाेस

एनपीएलको खेल तालिका सार्वजनिक, पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिम खेल्ने

Image

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स खेल्नेछन् । उक्त खेल कात्तिक ९ गते हुनेछ ।

attariya hospital
navjiwan hospital

कात्तिक २९ गतेसम्म लिग चरणका खेलहरु हुनेछ । मंसिर एक गते पहिलो क्वालिफायर खेल हुनेछ । २ गते इलिमिनेटर तथा ३ गते दोस्रो क्वालिफायर खेल हुनेछ । फाइनल खेल मंसिर ५ गते हुनेछ ।

एनपीएलका ३२ खेलमध्ये फाइनलसहित २० खेल फ्लडलाइटमा खेलाइनेछ । दाेस्राे संस्करणकाे एनपीएलकाे उपाधि लुम्बिनी लायन्सले जितेकाे थियाे ।