नेपाल र बंगलादेशबीच तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार सार्वजनिक गरेको जानकारीअनुसार सिरिज आगामी सन् २०२७ को मार्च २६ देखि शुरू हुनेछ ।

सिरिजका तीनवटै खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् ।

सार्वजनिक गरिएको खेलतालिकाअनुसार पहिलो टी–२० खेल मार्च २६, दोस्रो खेल मार्च २८ र तेस्रो तथा अन्तिम खेल मार्च ३० मा हुनेछ ।
नेपाली टोलीको कप्तानी दीपेन्द्र सिंह ऐरीले गर्नेछन् ।

















