खाेज्नुहाेस

स्पेनले जित्यो चौंथो पटक युरोकप

Image

स्पेनले युरोकपको उपाधि चौंथो पटक जितेको छ। आइतबार राति भएको फाइनलमा स्पेनले इंग्ल्यान्डलाई २-१ ले पराजित गर्दै अपराजित रहँदै च्याम्पियन बनेको हो। स्पेनले १२ वर्षपछि उपाधि जितेको हो। इंग्ल्यान्ड भने लगातार दोस्रो पटक फाइनलमा स्तब्ध बन्यो। अघिल्लो संस्करणमा इटालीसँग पराजित भएको इंग्ल्यान्ड यो पटक स्पेनसँग स्तब्ध बन्यो।

navjiwan hospital

जर्मनीको राजधानी बर्लिनस्थित ओलम्पिया स्टेडियममा भएको खलमा निर्धारित समयको ४ मिनेट बाँकी रहँदा मिकेल ओयरजावलले गरेको गोल निर्णायक बन्यो। त्यसअघि पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफको सुरुवातमै स्पेनले अग्रता लिएको थियो। लामिन यमलको पासलमा निको विलियम्सले ४७ औं मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाए।

attariya hospital

तर खेलमा फर्कने क्रममा ७३ औं मिनेटमा सब्सटिच्युट कोले पाल्मरले जर्ज बेलिङ्घमको पासलाई २२ यार्डबाट गरेको प्रहार गोलमा परिणत हुँदा खेल बराबरीमा ल्याउन इंग्ल्यान्ड सफल भएको थियो। तर बराबरीलाई अन्तिम केही मिनेट जोगाउन इंग्लिस टोली असफल भयो। ८६ औं मिनेटमा ओयरजावलले गोल गर्दै स्पेनको उपाधि निश्चित गरे।

स्पेनले यसअघि सन् १९६४ मा भएको युरो कपको दोस्रो संस्करणो उपाधि जितेको थियो।