खाेज्नुहाेस

सुनको मूल्य अहिलेसम्मकै उच्च, कति पुग्यो ?

Image

काठमाडौँ- आज सुनको मूल्य एक हजार आठ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलाको एक लाख ४६ हजार सात सय रुपैयाँ कायम भएको छ ।

navjiwan hospital

सुनको मूल्यले आज अहिलेसम्मकै उच्च रेकर्ड बनाएको हो । यसअघि गएको आइतबार सुन अहिलेसम्मकै उच्च तोलामा एक लाख ४५ हजार चार सय रुपैयाँ कायम भएर रेकर्ड बनाएको थियो ।

attariya hospital

चाँदीको मूल्य पनि आज १५ रुपैयाँले बढेर तोलाको एक हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।