खाेज्नुहाेस

कैलालीमा करिब १० लाख रुपैयाँका भन्सार छलीका सामान बरामद

Image

अत्तरिया – कैलालीमा भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका करिब १० लाख रुपैयाँ बराबरका सामान प्रहरीले बरामद गरेको छ।

navjiwan hospital

कैलाली जिल्लाका विभिन्न स्थानबाट मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेका अन्दाजी ९ लाख ९२ हजार ३२५ रुपैयाँ बराबरका सामान फेला पारी नियन्त्रणमा लिएको हो।

attariya hospital

बरामद सामानमा सुटपिस, ब्लाउज, बटन, हुक्स, कपडा मेसिनको सटल, इलास्टिक, सर्ट, फ्रक, कुर्ती, किरानाका सामान तथा अटो थान–१ लगायत रहेका छन्।

प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी उक्त सामान नियन्त्रणमा लिएको जनाएको छ।