खाेज्नुहाेस

डोटीमा वैदेशिक रोजगार कसुरका फरार प्रतिवादी पक्राउ

Image

डोटी – डोटीमा वैदेशिक रोजगार कसुर मुद्दामा सजाय तोकिएपछि फरार रहेका एक जना प्रतिवादी पक्राउ परेका छन्।

navjiwan hospital

बडीकेदार गाउँपालिका–२ गाँडेसाल बस्ने २८ वर्षीय प्रकाशबहादुर रोक्का मगरलाई प्रहरीले मंगलबार दिउँसो उनकै घरबाट पक्राउ गरेको हो।

attariya hospital

वैदेशिक रोजगार न्यायाधिकरण, बबरमहल काठमाडौंको २०८२ जेठ १३ गतेको फैसलाले रोक्का मगरलाई वैदेशिक रोजगार कसुर मुद्दामा १ वर्ष ५ महिना ६ दिन कैद, ५० हजार रुपैयाँ जरिवाना र ६ हजार रुपैयाँ क्षतिपूर्ति तोकेको थियो।

फैसला कार्यान्वयनका लागि प्रहरी चौकी खड्यौली, डोटीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।