धनगढी – कैलालीको धनगढीबाट लागूऔषध ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१० कटानबाट ५ ग्राम ९ मिलिग्राम ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थसहित धनगढी–१२ का १९ वर्षीय मोहन सुनवार र १५ वर्षीय किशोर पक्राउ परेका हुन्।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र अस्थायी प्रहरी पोस्ट जुगेडाबाट बुधबार राति संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त पदार्थ फेला पारेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएकाे छ ।
पक्राउ परेका दुवै जनामाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।



















