खाेज्नुहाेस

कैलालीमा ७१ हजार बढीका भन्सार छलीका सामान बरामद

Image
file photo

अत्तरिया –  कैलालीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएका ७१ हजार ९७० रुपैयाँ बराबरका सामान बरामद गरेको छ।

navjiwan hospital

जिल्ला प्रहरी कार्यालय कैलाली मातहतका विभिन्न प्रहरी कार्यालयबाट खटिएको टोलीले सोमबार बेवारिसे अवस्थामा उक्त सामान फेला पारेको हो।

attariya hospital

प्रहरीका अनुसार बरामद सामानमा चिनी, बिस्कुट, सुर्ती, बालबालिकाका कपडा, माछालगायतका वस्तु रहेका छन्।

बरामद सामान आवश्यक प्रक्रिया पूरा गरी प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।