सन्तोष पन्त/बेलौरी- कञ्चनपुरमा मृत फेला परेको पाटेबाघलाई पोस्टमार्टमको लागी मजगाउ ल्याइएको छ । मङ्गलवार दिउँसो ४ बजे मृत भेटिएको पाटेबाघलाई शुक्लाफाटा राष्ट्रिय निकुञ्जको मजगाउ चेकपोस्ट ल्याइएको हो ।
मङ्गलवार अपरान्न दिउँसो ४ बजेको समयमा दोधरा चादनी नगरपालिका २ स्थित मायापुरी मध्यवर्ती सामुदायिक वनमा पाटेबाघ मृत भेटिएको थियो ।स्थानियले बाघ मृत अवस्थामा देखेपछी निकुञ्ज प्रशासनलाई खबर गरेका थिए । स्थानीयको खबर पाएपछि निकुञ्जबाट भेटनरी डाक्टर सहित नेपाली सेना घट्ना स्थलमा पुगेको थियो । त्यहाबाट आवश्यक प्रक्रिया पूरा गरि निकुञ्जको टोलिले पाटेबाघलाइ मजगाउ स्थित कार्यालय ल्याएको हो ।



यहाँ पोस्टमार्टम भइ पटेबाघ मृत भेटिनुको कारण बाहिर आउने छ । शुक्लाफाटा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार मृत अवस्था भेटिएको बाघको घाटीमा घाउ देखिएको छ । सोही घाउबाटै घाटिमा किरा परेको छ । घटनास्थल अनुसार बाघको आज भन्दा ४/५ दिन अघि नै मृत्युु भइसकेको अनुमान गरिएको छ ।
मृत भेटिएको पाटेबाघ पोथी रहेको बताइएको छ । दुई वटा बाघ जुद्दा यो घट्ना घटेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । यद्यपि घटनाको विस्तृत विवरण पोस्टमार्टम रिपोर्टपछि मात्रै खुल्ने छ ।




















