बेलौरी– कञ्चनपुरमा पाटेबाघ मृत फेला परेको छ । मङ्गवार दिउँसो जिल्लाको दोधरा चाँदनी नगरपालिका– २ स्थित मायापुरी मध्यवर्ती सामुदायिक वनमा पाटेबाघ मृत फेला परेको हो ।

शुक्लाफाटा राष्ट्रिय निकुञ्जका प्रमुख चन्द्र शेखर चौधरीका अनुसार मृत अवस्थामा पाटेबाघ फेला परेको खबर पाएपछि निकुञ्जको भेटनरी डाक्टर सहितको प्राविधिक टोलि, नेपाली सेना घटना स्थलमा पुगेका छन् । घटना स्थलमा अहिले मुचुल्का उठाउने कार्य भइरहेको छ ।

मुचुल्का उठाइ सकेपछी पाटेबाघलाई मजगाउ चेकपोष्टमा ल्याई पोस्टमार्टम हुने चौधरीले बताए । पोस्ट्मार्टम पछि घटनाको विस्तृत विवरण आउने उनको भनाइ छ । स्थानीयका अनुसार मृत भेटिएको स्थलमा गन्ध आइरहेको छ । पाटेबाघको १÷२ दिन अघि नै मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।




















