बैतडी– जिल्ला अस्पताल बैतडीमा निशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । यही मंसिर ३ गते अस्पतालमा निःशूल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन हुन लागेको हो ।

शिविरमा कैलालीको गेटा मेडिकल कलेजका बिशेषज्ञ चिकित्सकले सेवा दिने जिल्ला अस्पताल बैतडीका मेडिकल सुपरीटेन्डेन्ट डा. अरविन्द जोशीले जानकारी दिए । मानसिक समस्या भएका बिरामीहरुलाई सहज होस् भनेर शिविरको आयोजना गरिएको उनले बताए ।

जिल्ला अस्पतालमा मानसिक बिशेषज्ञको दरबन्दी नभएकाले शिविरमार्फत सेवा दिने तयारी भएको बताईएको छ । मानसिक स्वास्थ्य सम्बन्धी समस्या भएका बिरामीहरुलाई मंसिर ३ गते बिहीबारका दिन अस्पताल आएर सेवा लिन आग्रह गरिएको छ ।




















