खाेज्नुहाेस

बेलौरी प्रहरी प्रमुख चौधरी उत्कृष्ट प्रहरी घोषित

Image

सन्तोष पन्त/बेलौरी– इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक कमलप्रसाद चौधरी कार्तिक महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् ।

navjiwan hospital

प्रहरी संगठनले दिएको जिम्मेवारी लगनशीलता, कर्तव्यनिष्ठा र नेतृत्वदायी भूमिकाका साथ निर्वाह गरी नागरिकमा प्रहरीप्रतिको विश्वास अभिवृद्धि गर्न योगदान पु¥याएको भन्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले प्रहरी निरीक्षक चौधरीलाई उत्कृष्ट प्रहरी घोषित गरेको हो ।

attariya hospital

चौधरीको नेतृत्वमा कार्तिक महिनामा भन्सार छली गरी अवैध रूपमा भित्र्याइएका ९ लाख ५४ हजार ५४० रुपैयाँ बराबरका सामान बरामद गरिएको छ । त्यस्तै, ४७ दशमलव २६ ग्राम खैरो हेरोइनसहित ९ जना पक्राउ परेका छन् भने एक जना फरार प्रतिवादीलाई समेत पक्राउ गरिएको छ ।

यसका अतिरिक्त सामुदायिक जनचेतनामूलक कार्यक्रम सञ्चालन, सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक व्यवस्थापन तथा शान्ति सुरक्षा कायम गर्ने कार्यमा समेत उनले सक्रियता देखाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।