अत्तरिया – कैलालीमा लागूऔषध मुद्दामा ६ महिना कैद सजाय तोकिएका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा टीकापुर नगरपालिका–१ बनगाउँका ३३ वर्षीय सुरज पुन मगर रहेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा ६ महिना कैद सजाय तोकिएका पुन मगरलाई मंगलबार दिउँसो इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले आफ्नै घरबाट पक्राउ गरेको हो।
फैसला कार्यान्वयनका लागि पक्राउ गरिएका उनलाई आवश्यक कारबाहीका लागि अघि बढाइएको प्रहरीले जनाएको छ।



















