खाेज्नुहाेस

कञ्चनपुरमा ४४ हजार बढीको भन्सार छलीका सामान बरामद

Image
file photo

कञ्चनपुर –  कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले ४४ हजार रुपैयाँभन्दा बढी मूल्यका भन्सार छलीका सामान बरामद गरेको छ।

navjiwan hospital

भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका अन्दाजी ४४ हजार १०० रुपैयाँ बराबरका सामान प्रहरीले शुक्रबार बरामद गरेको हो।

attariya hospital

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा बेवारिसे अवस्थामा रहेका पेय पदार्थ, चिनी, दाल, पेठा मिठाई, गुड पापडी, फलफूललगायतका सामान फेला पारेको जनाएको छ।

बरामद गरिएका सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।