अत्तरिया – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने फाइनल खेल साँझ ५ बजे सुरु हुनेछ।

लगातार तेस्रो पटक फाइनल पुगेको सुदूरपश्चिम पहिलो एनपीएल उपाधिको खोजीमा छ। यसअघिका दुवै संस्करणमा फाइनल पुगे पनि सुदूरपश्चिम उपविजेतामै सीमित भएको थियो।

यता, साविक विजेता लुम्बिनी लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ। यस संस्करणको लिग चरणमा शीर्ष स्थान हासिल गरेको लुम्बिनीले पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो।
आजको फाइनल जित्ने टोली एनपीएलको तेस्रो संस्करणको च्याम्पियन बन्नेछ।

















