खाेज्नुहाेस

गौरीगंगामा रहेको अमर माविको प्रअमा राधा कुमारी कुँवर खड्का नियुक्त

Image

गौरीगंगा– कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडा स्थित अमर माध्यमिक विद्यालयको प्रधानाध्यापक मा राधा कुमारी कुँवर खड्का नियुक्त भएकी छन् । प्राथमिक तह (प्रा.वि.) तृतीय श्रेणीमा स्थायी शिक्षकका रूपमा कार्यरत खड्कालाई विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी दिईएको हो ।

navjiwan hospital

खड्काले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, संस्थागत विकास तथा विद्यार्थीको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । उनले विद्यालयको शैक्षिक वातावरणलाई थप व्यवस्थित, अनुशासित र उपलब्धिमूलक बनाउँदै शिक्षण सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउने लक्ष्य रहेको बताएकी छन् ।

attariya hospital

साथै शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय समुदायबीच आपसी समन्वय, सहकार्य र विश्वासको वातावरण निर्माण गरी विद्यालयको समग्र विकासमा अघि बढ्ने समेत उनले प्रतिबद्धता व्यक्त गरेकी छन् ।

विद्यालयको शैक्षिक उपलब्धि सुधार, विद्यार्थीको प्रतिभा र क्षमताको पहिचान, नियमित पठनपाठन, शिक्षकको जिम्मेवारीप्रतिको उत्तरदायित्व तथा गुणस्तरीय शिक्षाको सुनिश्चिततालाई उनले प्राथमिकताका विषयका रूपमा अघि सारेकी छन् । विद्यालयको विकास सबैको साझा प्रयासबाट मात्र सम्भव हुने उल्लेख गर्दै उनले सबै सरोकारवालाको साझा साथ, सहयोग र सकारात्मक भूमिकाले मात्र शैक्षिक संस्थालाई उत्कृष्टताको दिशामा अघि बढाउन सकिने बताईन् ।