
कञ्चनपुर – कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी भारतबाट भित्र्याइएका १ लाख ६४ हजार रुपैयाँभन्दा बढी मूल्यका सामान बरामद गरेको छ।
बिहीबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतका कार्यालयबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा ती सामान फेला पारेको हो।
प्रहरीका अनुसार बरामद सामानमा चिनी, खानेतेल, ओखर, टायर सिल्ट, प्लास्टिक डोरी तथा कस्मेटिक सामग्रीलगायत रहेका छन्। बरामद सामानको अनुमानित मूल्य १ लाख ६४ हजार १५० रुपैयाँ रहेको छ।
प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी ती सामान नियन्त्रणमा लिएको जनाएको छ।

















