कञ्चनपुर – लागूऔषध मुद्दामा २ वर्ष कैद सजाय तोकिएका एक फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–१८ जानकी टोलका अर्जुन नेपालीलाई बिहीबार राति पक्राउ गरिएको हो।

जिल्ला अदालत कञ्चनपुरले २०८३ जेठ १३ गते लागूऔषध मुद्दामा नेपालीलाई २ वर्ष कैद सजाय सुनाएको थियो। फैसला कार्यान्वयनका क्रममा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई आफ्नै घरबाट पक्राउ गरेको हो।


















