अत्तरिया – कैलालीमा सशस्त्र प्रहरी बल नेपालको पोशाक दुरुपयोग गरी टिकटक भिडियो बनाउने एक युवकलाई कैलाली प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अनुसार चुरे गाउँपालिका–४ गर्भादरबार घर भई हाल धनगढी उपमहानगरपालिका–१ त्रिवेणीचोक बस्ने २१ वर्षीय दिनेश थामीले सशस्त्र प्रहरी बल नेपालको पोशाक प्रयोग गरी भिडियो बनाएर सामाजिक सञ्जाल टिकटकमा पोस्ट गरेका थिए।

उक्त कार्य गरेको पाइएपछि प्रहरी टोलीले उनलाई विहिबार नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सेनाले बताए ।
प्रहरीले उनलाई आगामी दिनमा यस्तो कार्य नगर्न र नगराउन सम्झाइबुझाइ गरी छाडेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।


















