खाेज्नुहाेस

सुदूरपश्चिम सरकारले ९ जनालाइ एमबिबिएस पढाउने

Image

अत्तरिया  – सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले शैक्षिक सत्र २०८३/८४ का लागि छात्रवृत्ति कार्यक्रमअन्तर्गत ९ जना विद्यार्थीलाई एमबिबिएस (MBBS) अध्ययन गराउने भएको छ।

navjiwan hospital

मन्त्रालयले एक सूचना जारी गर्दै चिकित्सा शिक्षा आयोगबाट सञ्चालित MBBS प्रवेश परीक्षा उत्तीर्ण गरेका तथा सुदूरपश्चिम प्रदेशमा स्थायी बसोबास भएका विद्यार्थीहरूबाट छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको हो। एकीकृत छात्रवृत्ति व्यवस्थापन निर्देशिका, २०७६ (छैठौं संशोधन सहित) बमोजिम खुलातर्फ ५ सिट र समावेशी समूहतर्फ ४ सिट (महिला १, आर्थिक रूपले विपन्न खस आर्य १, आदिवासी जनजाति १ र पिछडिएको क्षेत्र १) गरी कुल ९ सिटमा छात्रवृत्ति प्रदान गरिने सूचनामा उल्लेख छ।

attariya hospital

छनोट हुने विद्यार्थीहरूलाई नेपाल सरकार चिकित्सा शिक्षा आयोगले MBBS अध्ययन गर्न निर्धारण गरेको जम्मा शिक्षण शुल्क बराबरको रकम किस्ताबन्दीमा उपलब्ध गराइनेछ।

इच्छुक तथा योग्य विद्यार्थीहरूले मंसिर १८ गते कार्यालय समयभित्र आवेदन बुझाइसक्नुपर्नेछ।