खाेज्नुहाेस

कैलाली, बझाङ र कञ्चनपुरबाट तीन जना फरार प्रतिवादी पक्राउ

Image

अत्तरिया –  अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय तोकिएर फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

कैलालीमा लागूऔषध मुद्दामा २ महिना कैद र २ हजार रुपैयाँ जरिवाना सजाय तोकिएका लम्कीचुहा नगरपालिका–४ बस्ने २२ वर्षीय खेमराज जैशी पक्राउ परेका छन्। उनलाई इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले शुक्रबार आफ्नै घरबाट पक्राउ गरेको हो।

attariya hospital
navjiwan hospital

यसैगरी, बझाङमा जबरजस्ती करणी उद्योग मुद्दामा २ वर्ष ६ महिना कैद सजाय तोकिएका बुंगल नगरपालिका–४ बस्ने ५३ वर्षीय रामबहादुर कुँवर पक्राउ परेका छन्। जिल्ला अदालत बझाङको २०७८ पुस १३ गतेको फैसलाअनुसार सजाय तोकिएका उनलाई अस्थायी प्रहरी पोस्ट बिजगडाबाट खटिएको टोलीले शुक्रबार दिउँसो बिजगडा बजारबाट पक्राउ गरेको हो।

त्यस्तै, कञ्चनपुरमा लागूऔषध मुद्दामा ६ महिना कैद सजाय तोकिएका शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका २७ वर्षीय हरिश भट्ट पक्राउ परेका छन्। उनलाई जिल्ला अदालत कञ्चनपुरको २०८३ वैशाख ११ गतेको फैसलाअनुसार सजाय तोकिएको थियो। इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको टोलीले उनलाई शुक्रबार दिउँसो शुक्लाफाँटा नगरपालिका–५ खजुवाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

Is this conversation helpful so far?