खाेज्नुहाेस

महाकालीको जलस्तर बढ्यो, सतर्कता अपनाउ मौसम विभागको आग्रह

Image

अत्तरिया – डडेलधुरामा महाकाली नदीको जल सतहले सतर्कता तह पार गरेको छ । बिहीबार महाकाली नदी पारिगाउँ केन्द्रमा जल सतह सतर्कता तह पार भएको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ ।

navjiwan hospital

नदीमा पानीको बहाव बढ्दो क्रममा छ । आज साँझसम्म उच्च सतर्कता अपनाउन विभागले सचेत गराएको छ ।

attariya hospital

केन्द्रका अनुसार महाकालीको जल सतहले ७ मिटर पार गरेको छ । जल सतह बढ्ने क्रममा रहेकोले तटीय क्षेत्रहरू र डुवान भइरहने भूभागमा रहेकाहरूले साँझ सम्म उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

‘डडेलधुरा स्थित महाकाली नदी पारिगाँउ केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको हुँदा तटीय क्षेत्रहरू र डुबान भइरहने भूभागमा रहिनुहुनेहरूले साँझ सम्म उच्च सतर्कता अपनाऔँ’ विभागको सूचनामा उल्लेख छ ।