खाेज्नुहाेस

शैक्षिक गुणस्तरमा ध्यान दिऔं

Image

सामुदायिक विद्यालयहरुमा शिक्षाको गुणस्तर खस्दै गएको देखिन्छ । सर्वसाधारणले निःशुल्क रुपमा सरकारले प्रदान गर्दै आएको शिक्षालाई छोडेर आफ्ना बालबालिकाहरुलाई निजी विद्यालयहरुमा रकम तिरेर पढाईरहेका छन । आम नागरिकको सामुदायिक विद्यालयप्रतिको लगाव र भरोसा दुवै उडिसकेको छ । सर्वसाधारणमा सरकारी विद्यालयको शैक्षिक गुणस्तर ठिक हुदैन् भन्ने मनोभाव बसिसकेको छ । त्यो मनोभाव हटाउन सक्ने अवस्थामा तत्कालै सामुदायिक विद्यालयहरु पनि छैनन् ।

सामुदायिक विद्यालयहरु सरकारको मातहत रहेर समुदायका वर्गहरुको अधिनमा सञ्चालन हुने गर्दछन् । समुदायका मानिसहरुको आम भेलाले विद्यालयको सञ्चालन र व्यवस्थापनका लागि एउटा समिति गठन गर्ने गर्दछन् ।

attariya hospital

त्यो समितिको मान्छेले विद्यालयको व्यवस्थापनको सम्पुर्ण जिम्मेवारी हेर्ने गर्दछन । तर, एक व्यक्तिको जिम्मामा विद्यालयलाई छोडेर अभिभावकहरु भने आफ्नो कर्तव्यबाट बिमुख भएका देखिन्छन । विद्यालयमा बालबालिकाहरुलाई पढ्न पठाउने अभिभावकहरुले बालबालिकाको शिक्षामा लापरबाही गर्ने गर्दछन् । उनीहरुको गुणस्तरिय शिक्षा र विद्यालयमा पठन पाठनको अवस्थाका बारेमा लापरबाह बन्दा भविष्यमा बालबालिकाको अवस्था पनि नाजुक बन्न सक्छ भन्ने कुरा उनीहरुले विर्सिएका हुन्छन ।

navjiwan hospital

सामुदायीक विद्यालयहरुमा मुख्यत अभिभावककै लापरबाहीका कारण शिक्षाको गुणस्तर खस्किरहेको विद्यालयका व्यवस्थापन समितिहरुले बताउने गरेका छन । उनीहरुले सरकारले पनि विद्यालयमा अनुगमन नगरेका कारण सामुदायीक विद्यालयहरुको अवस्था दिनप्रतिदिन विग्रिदै गएको तथ्य निकालेका छन् ।

सरकारले विद्यालयमा विद्यार्थीहरुको सहजताका लागी भौतिक पुर्वाधार प्रदान गरेपनि, गुणस्तरीय जनशक्ति दिएपनि अनुगमन नगर्दा विद्यालयमा शिक्षाको गुणस्तर खस्किरहेको छ । अभिभावकहरुले पनि समुदायमा रहेको विद्यालयमा निगरानी गर्ने, शिक्षक एवम् समितिका पदाधिकारीहरुले गर्ने गलत क्रियाकलापहरुको निगरानी राख्ने लगायतका कामहरु गरेको भएमात्रै पनि सामुदायिक विद्यालयहरुको शिक्षामा गुणस्तर झल्किन्थ्यो । समुदायस्तरबाट आफुले गर्ने काम कारबाहीमा समाजका नागरिक पछाडी परेकै कारण सामुदायीक विद्यालयहरुको शैक्षिक गुणस्तर खस्किरहेको छ भने निजी विद्यालयहरुमा शुल्क तिरेर पठन पाठन गराउनुपर्ने बाध्यता नागरिकमा छ ।

सरकारले माध्यमिक तहसम्म सामुदायिक स्कुलहरुमा निशुल्क पठनपाठन गराउने निर्णय गरेको छ । तर सामुदायिक विद्यालयहरुमा गुणस्तरिय जनशक्ति हुँदा हुदै पनि उचित व्यवस्थापन नहुँदा सर्वसाधारणहरुले निजी विद्यालयहरुमा आफ्ना बालबालिकाहरु पढाउन पठाईरहेको अवस्था छ ।

तर अब नागरिकको सामुदायिक विद्यालयप्रतिको मनस्थिति बदल्नुपर्ने अवस्था आएको छ । अभिभावकहरुकै कमजोरीका कारण र सरकारको लापरबाहीका कारण तल्लो स्तरमा देखिएको सामुदायिक विद्यालयहरुको शिक्षाको गुणस्तर माथि उकास्ने काममा सबै संवेदनशिल बन्न जरुरी छ । सामुदायिक विद्यालयहरुमा शिक्षाको गुणस्तर राम्रो भए अभिभावकहरुले पनि निजी भन्दा सामुदायीक विद्यालयहरु नै रोज्नेछन । त्यसका लागी विद्यालयहरुको व्यवस्थापन राम्रो गर्न जरुरी रहेको छ ।

व्यवस्थापनमा राम्रो भए शिक्षाको गुणस्तरमा पनि वृद्धि हुनेछ । त्यसैले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका साथै जनस्तरमा रहेका सबैले आफ्नो जिम्मेवारी ईमान्दारीता साथ निभाउन आवश्यक छ ।