खाेज्नुहाेस

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका एक लाख ३६ हजारका सामान बरामद

Image
file photo

अत्तरिया –  कैलाली र कञ्चनपुरबाट प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएका एक लाख ३६ हजार २०० रुपैयाँ बराबरका सामान बरामद गरेको छ ।

कैलालीका विभिन्न स्थानबाट भन्सार छली गरी ल्याइएका ३३ हजार ७०० रुपैयाँ बराबरका लसुन, किरानालगायतका सामान प्रहरीले बरामद गरेको हो ।

attariya hospital

त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–११ चौकीसत्ताबाट एक लाख दुई हजार ५०० रुपैयाँ बराबरका पटाका बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुर तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले शनिबार ती सामान बेवारिसे अवस्थामा फेला पारेको जनाएको छ ।

बरामद गरिएका सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।