अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–७ बाट खैरो हेरोइन सहित तीन जना पक्राउ परेका छन् ।
लागूऔषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ चेकजाँच गर्दा ३२० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारेको हो ।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका–७ का ४० वर्षीय योगेन्द्र साउँद, २६ वर्षीय खगेन्द्र रावल र २४ वर्षीय सुरज चौधरी रहेका छन् ।
पक्राउ परेका तीनै जनामाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



















