खाेज्नुहाेस

कञ्चनपुरमा एक लाखको पटाका बरामद

Image

अत्तरिया – कञ्चनपुरमा प्रहरीले एक लाख बढीको पटाका बरामद गरेको छ ।

शनिबार भीमदत्त नगरपालिका – ११ भुजेला स्थित भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको १ लाख २ हजार ५ सय बराबरको पटाका वरामद गरिएको हो ।

attariya hospital

उक्त पटाकाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक टेक बहादुर रावतले बताए ।