खाेज्नुहाेस

सुनचाँदीको मूल्यमा आज पनि वृद्धि

Image
file photo

काठमाडौं – साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुन–चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४८ हजार १०० रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य गत शुक्रबारको भन्दा दुई हजार रूपैयाँ बढी हो । शुक्रबार सुन प्रतितोला दुई लाख ४६ हजार १०० रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार प्रतितोला तीन हजार १९५ रूपैयाँमा कारोबार भएको चाँदी आज आइतबार तीन हजार २१५ रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य शुक्रबारको तुलनामा प्रतितोला २० रूपैयाँ बढी हो ।

attariya hospital

यस्तै, सुन बिहीबार २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । बुधबार सुन तोलाको २ लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदी बिहीबार ३ हजार ७५ रुपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदी ३ हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।