खाेज्नुहाेस

गोदावरी–११ मा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–११ मा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विभिन्न सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

‘लैङ्गिक हिंसा अन्त्यका लागि एक्यबद्धता, पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने नारासहित अभियान सञ्चालन गरिएको हो ।

attariya hospital

अभियानका क्रममा स्थानीय महिलाहरूले लैङ्गिक हिंसाविरुद्धका सन्देश लेखिएका प्लेकार्डसहित सचेतनामूलक कार्यक्रममा सहभागिता जनाएका थिए । कार्यक्रममा लैङ्गिक हिंसाका घटना न्यूनीकरण, महिला तथा बालबालिकाको अधिकार संरक्षण र हिंसाविरुद्ध सामूहिक आवाज उठाउनुपर्ने विषयमा जोड दिइएको थियो ।

गोदावरी नगरपालिका वडा नम्बर ११ को समन्वय तथा सहकार्य, किन्डर मिसन लाइफको सहयोग र यार्डको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको थियो । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने गरिएको छ ।