खाेज्नुहाेस

दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा प्यानल सहित नेविसंघका महरा विजयी

Image

अत्तरिया – कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) सभापतिमा भुवन महरा प्यानल सहित विजयी भएका छ्न ।

नेविसंघका उम्मेदवार महरा ४४१ मतसहित सभापतीमा विजयी भएका हुन ।

attariya hospital

निर्वाचनमा उनका प्रतिस्पर्धी बम बहादुर बिश्वकर्माले ३७८ मत प्राप्त गरेका छ्न । बिश्वकर्मा अखिल संयुक्त प्यानलबाट चुनाव लडेका थिए ।

navjiwan hospital

सभापतिमा निर्वाचित महरा लगातार दोस्रो कार्यकालका लागि स्ववियु सभापतिमा निर्वाचित भएका हुन ।

सचिवमा नेविसंघकी ज्योति साहु ४७४ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी गणेशनाथ योगी (अखिल संयुक्त) ले ३२६ मत प्राप्त गरेका छ्न ।

त्यस्तै, कोषाध्यक्ष पदमा पनि नेविसंघकी उम्मेदवार सोनिया शाहले ४४५ मत ल्याउँदै निर्वाचित हुँदा उनकी प्रतिस्पर्धी दिपिका जोशी (अखिल संयुक्त) ले ३५१ मत प्राप्त गरिन्।

सदस्य पदमा पनि नेविसंघका उम्मेदवार विजयी भएका छ्न । दुर्गालक्ष्मीमा बुधबार भएको निर्वाचनमा कुल ८३१ मत खसेको थियो।